सफलता को दोस्रो नाम सन्दीप लामिछाने

उदेश्य के लिनु उडी छुनु चन्द्र एक भन्ने भनाइलाई पुस्टि गर्दै नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेलमंचमा आफुलाई  प्रमाणित गर्दै अर्को सफलता चुम्न नजिकिएका छन् | भर्खरै बिश्वोकै सबैभन्दा ठुलो
क्रिकेटको पर्ब IPL र CPL(Caribbean Premier League) मा आफुलाई प्रमाणित गरेर स्वदेश फर्केका लामिछानेले लगत्तै आफुलाई "Home of Cricket" मानिने लर्ड्स स्टेडियममा ICC बिश्वो एघारमा आफ्नो स्थान बनाउन सफल भएका थिए जहाँ उनले शहिद अफ्रिदी जस्ता महान खेलाडी संग खेल्ने मौका पाएका थिए |



त्यो सफलतालाई फड्को मार्दै चाडैनै क्यानाडामा हुन गैरहेको GT20 प्रतिस्प्रधामा आफ्नो स्थान पक्का गरेका छन् | उनले मोंट्रेअल टैगेर्स संग अनुबन्दित भएर यो प्रतिस्प्रधा खेल्नेछन् | नेपाली क्रिकेटलाई बिश्व क्रिकेटसामु अगि बढाउने लक्ष्य बोकेका लामिछाने नेपाली क्रिकेट जगतकै सबैभन्दा सफल खेलाडी हुन् | उनले नेपाली टिममा आफ्नो जादु देखाउने लामो मौका नपाएपनि अन्तरास्ट्रिय खेलहरुमा आफुलाई  प्रमाणित गर्न सफल भएका छन् | नेपालमा मात्र नभएर लामिछानेको बिश्वभरनै चर्चा बढेको छ | लामिछानेलाई नेपालमा नेपाली क्रिकेटको भबिस्य मानिसकेका छन् भने संगसंगै हालको नेपाली टिमको सफलता लाई कप्तान पारस खड्कालाई उपमा मानेका छन् | लासिथ मलिंगा , सुनिल नरिने जस्ता ठुला खेलाडीसंग एउटै टिममा  खेल प्रदर्शन गर्ने मौका पाउँदा लामिछाने खुसि तथा उत्साहित छन् | 


शब्द: सुनिल फुयाल
(https://www.facebook.com/dmadsunil)

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم