विश्व वातावरण दिवसको अवसर पारेर भरतपुर महानगरपालिका २१ पर्वतिपुरमा एक सय फलफुलका बिरुवा रोपिएको छ । आज (आइतवार) भरतपुर महानगरपालिकाको आयोजना र विभिन्न संघसंस्थाको समन्वयमा फलफुलका बिरुवा रोपिएको हो । नेपाल मैत्री समाज,वे ग्रुप,चितवन ग्रिन लायन्स तथा लियो क्लब र बेटर चितवनले सो कार्यक्रमको समन्वय गरेका हुन् । सो अबसरमा आँप,लिची र कटहरका बिरुवा रोपिएको नेपाल मैत्री समाज चितवनका अध्यक्ष बिरेन्द्र पौडेलले जानकारी दिनुभयो । बिश्व वातावरण दिवस अन्तरगत तेस्रो दिन फलफुलको बिरुवा रोपिएको उहाँले बताउनुभयो । विश्व वातावरण दिवसको कार्यक्रम अन्तरगत भोली (सोमवार) भरतपुर २९ मा छलफल कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा वडा नम्बर २१ का वडाध्यक्ष चित्रसेन अधिकारी,महानगरपालिकाका वातावरण शाखा प्रमुख इन्जिनियर विराट घिमिरे,फोहोर मैला व्यवस्थापन प्रमुख लिला खरेल लगाएतको सहभागिता रहेको थियो ।


श्रोत : दुर्गा आचार्य
إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |