कविता शिर्षक : एक नारी


Female Head Profile Silhouette By Merio | Silhouette drawing, Silhouette  sketch, Silhouette head

कहिले छोरा,कहिले श्रीमान या त कहिले आफ्नै परिवारबाट, टुक्राटुक्रा भै काटिन्छन नारी ।।
कहिले बम्बै , कहिले युरोप खाडी ,त कहिले आफ्नै मुलुकमा, पैसा सङ्ग सटिन्छन नारी ।।
पिउने शुद्ध पानी नपाइने परिवेशमा ,
मेरो देशको प्राय: पसलपसलमा तेजाव बेचिन्छ।।
जाउ अवलोकन गर्न हर गाउमा ;त्यहा एक न एक ,
जलेको शरीर त कतै मुहार भेटिन्छ।।


यहाँ नारी भएर पनि अर्को नारिको व्यथा बुझिदैन।।
बिहे गरेर अन्माइदिए पछि माइतिद्वारा चेलिको कथा सुनिदैन।।


आधा आकाश नारिले ढाकिएको बिश्वमा अझै पनि,
पुरुषत्वको हैकममा पुरुषवादी समाजको परिचालन छ।।
बाहिर महिला हिंसा विरुद्ध नारा लगाउनेहरुमा पनि,
अझै भित्रभित्र अन्धबिस्वास , सङ्कुचित मानसिकता अनि
संकिण ब्यवहारको पालन छ।।


आफ्नै नातेदार कहलिने , छिमेकमा दाजु काका यावत साइनोले सुशोभितहरु ;
कुण्ठित नियत घृणित सोच र पापी नजरले !
भरखर भर्खरै संसार देख्न थालेका छोरी,
बोली फुट्न नपाइ एक कदम नचलेका नानी ,
आफुलाइ स्वर्स्व सिक दिने हजुरामाको अस्मिता लुट्दै ; चित्कारमा रगतको होलि खेलिदिन्छन।।
न्याय माग्न जादा सामाजिक व्यक्तित्व ,
ठुलाठालु सङ्ग मिलि राज्यले
शिर्षक _निचोड भोलि लेखिदिन्छन।।


प्रश्न गर्न चाहन्छु म एकाएक गरिकन सबै सङ्ग।
भनुन पागल मलाइ या मूर्ख बनी परुन दङ्ग।।
आफ्नै दाजु, बुबा नातिद्वारा बलकृत हुनु थियो त ,
हे दैव एउटै कोखमा \ एउटै घरमा सृष्टि गर्यौ किन??
बिना अनुमती जबर्जस्ती करणी गर्नुथियो त !
पति परमेश्वर बनी मेरो सिउदो भर्यौ किन??

नारिको चालढाल, रहनसहन ,अनि पहिरनमा
प्रश्नचिह्न उठाउनेहरु;थोरै इज्जतले
आफ्नो शिर , नजर झुकाउन सक्दैनन।।
अझै छन कति उकासिएर पनि पिल्सिएकाहरु ,
जो मर्जिमा आफ्नो घुम्टो उठाउन सक्दैनन् ।।


परिवर्तन सबै भै ल्याउनु पर्छ भन्नेहरु,
पहिले मैबाट ल्याउछु सोच्न भ्याउदैनन।
बुझ्नुपर्छ नारी तिमिले नि, सिट खाली नभै,
तिम्रो बगलमा बस्न कोहि आउदैनन।।

मिल्ने भए मेरो कुराले पीडितको आवाजमा
केही दम हुने थियो कि।
हत्या हिंसा तेजाविकरण साम्य नभए नि ,
केही हदसम्म कम हुने थियो कि।।

त्यसैले म भन्छु अब आफ्ना ठानिनेहरुबाट भएका
करतुत एकापसमा साटिनुपर्छ।।
असल नारिको चरीत्रमाथी मिथ्या बोल्नेको जिब्रो,
तेजाव फ्याक्नेको हात, र अस्मिता लुट्नेको लिङ्ग काटिनुपर्छ।।



तिम्री आमा, चेली श्रीमती , जे भनेनी
हुन प्रकृतिकी सुन्दर फुलबारी ।।
गर सम्मान देउ इज्जत ,
राख्छिन सबैको जीवन हराभरा पारी।।
को हुन भनी सोचमा नपर्नु।
उनी हुन एक नारी ।।।।



 शान्ति रिमाल शीतल
भ.म.न.पा ०६, इन्द्रपुरी
चितवन

1 تعليقات

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

إرسال تعليق

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم