संयुक्त राष्ट्रसंघ पछिको सबै भन्दा ठुलो संजाल रहेको लायन्स अन्तरास्ट्रिय अन्तर्गतको स्वयमसेवी संस्था लियो क्लबद्वारा पशुपति र गुहेस्वरी क्षेत्रका बाँदरहरुलाई खानेकुरा वितरण गरेको छ |
आइतबार बिहान ७ बजे बाट १० बजे सम्म संचालित उक्त कार्यक्रममा लायन्स, लियो जिल्ला परिषद ३२५ वि १ नेपालका पदाधिकारी र अन्य क्लबका सदस्यहरुको उपस्थिति रहेको संयोजक लियो रोहन धितालले जानकारी गराए |
साथै यस लकडाउनको समयमा पनि कार्यक्रममा उपस्थित जनाउनु हुने सम्पूर्ण सामाजिक ब्यक्तित्वहरु प्रति आभार ब्यक्त गर्न चाहेको लियो क्लब अफ काठमाडौं सहयात्रीका अधक्ष्य लियो आश्विन खतिवडाले बताए | लक्डाउनले गर्दा मानिसको चहलपहल अहिले पशुपति क्षेत्रमा कम हुदै आएको छ साथै अरुबेलामा पनि पशुपति बिकाश कोषले पनि खानेकुरा वितरण गर्दै आएको छ |
फोटो ग्यालरी :











إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |