लायन्स र लियोको सहकार्यमा रक्तदान सम्पन्न

यस महामारीको समयमा रगतको कुनै अभाब नहोस भनेर लाय​न्स​ क्ल​ब अफ​ काठमाडौं आर​म्भ देउरालि र​ सम्पुर्ण​ लियो क्ल​ब अफ काठमाडौंको संयुक्त प्रयासमा  काठमाडौंको ब​सुन्धारा स्थित दियालो फुड ल्यान्ड एण्ड पार्टी प्यालेस  श​निबार​ र​क्त​दान​ कार्य​क्र​म​ सम्पन्न भएको छ । विभिन्न  लायन्स तथा लियो क्ल​ब​का सदस्यहरुको निमन्त्रणामा   सम्पन्न उक्त कार्यक्रममा सय भन्दा धेरै जनाको उपस्थिति रहेको थियो ।



भब्य रुपमा संचालित  उक्त​ कार्य​क्र​म​मा लियो जिल्ला परिषदका लियो बर्ष २०१९/२० का चिफ रिज​न​ कोडिनेट​र लियो प्र​काश थापा क्षेत्री, रिज​न को-अर्डिनेटर लियो योगेश गौत​म​ र​ कार्य​क्र​मका स​चिब लियो बिक्र​म पौडेल​ले स​मेत आफ्नो म​न्त​ब्य​ राखेर कार्य​क्र​म समापन  गरेका थियो ।




कार्यक्रममा ८७ पिन्ट रगत संकलन गरिएको थियो र संकलित सबै रगत ज्ञानेश्वरमा रहेको  हिमाल ब्लड ब्यांक तथा ट्रान्सफ्युजन सेन्टरलाई हस्तान्तरण गरिएको संयोजक लियो सन्तोष ढकालले जानकारी दिए |

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم