चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा आज गाडी चल्ने संभावना निकै कम छ । बिहान तोपे खोलामा अहिलेसम्मकै ठूलो पहिरो खसेपछि अवरुद्ध भएको सडकमा त्यहिं नजिकै कालिखोला र तोपे खोलाको बीचमा अर्को पहिरो खसेपछि आज दिनभरी नै गाडी चल्ने संभावना कम भएको हो । अहिले तोपे खोलाको पहिरो हटाउन काम सुरु भएको छ ।
तर अर्को पहिरो केहिबेरअघि मात्रै खसेकाले त्यहाँ पुग्न समय लाग्ने प्रहरीले जनाएको छ । यो पहिरो हटाउन आज दिनभरी नै लाग्ने प्रहरीको अनुमान छ । पहिरो खसेपछि अहिले यो सडकखण्डमा चल्ने गाडी रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् । पहिरो गएपछि काठमाडौंका लागि छुटेका गाडी जुगेडीमा र काठमाडौंबाट छुटेका गाडी मुग्लिनमा रोकिएको प्रहरीले जनाएको छ ।

إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |