जिल्ला प्रशासन र महानगरपालिकाले संयुक्त रुपमा निषेधाज्ञा जारि अत्यावश्यक नपरी बाहिर निस्किन नपाउने

कोरोना संक्रमितको अवस्था भयावह हुदैँ गइरहेको अबस्थामा चितवन प्रशासन र महानगरपालिकाको संयुक्त रुपमा सर्वसाधारणलाइ निषेधाज्ञा जारि गरेको छ | आज राति १२ बजे देखिने लागु हुनेगरी एक हप्ताको लागि भदौ ५ गते राति १२ बजे सम्म निषेधाज्ञा जारि गरिएको कुरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको छुट्टाछुट्टै बिज्ञप्तिमा उल्लेख गरिएको छ |

शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायीहरुसंग भएको छलफलले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

पछिल्लो केहि दिनमा अस्पताल देखि सबै क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढेकोले पनि यो भयावह हुनसक्ने स्थितिको नियन्त्रण गर्न गार्हो हुने भएकोले समयमानै कडाईका साथ निषेधाज्ञा जारि गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् |
भरतपुर महानगरपालिकाको बिज्ञप्ति 

जिल्ला प्रशासनकार्यालय चितवनको  बिज्ञप्ति 

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم