भरतपुर महानगरपालिका लाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउँछौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउने उद्घोष गर्नुभएको छ । चितवनको भरतपुर महानगरपालिकाले आयोजना गरेको महानगरको एकीकृत विकास गुरुयोजना निमार्णका लागि अवसर,चुनौति र भाबी कार्यदिशा विषयक गोष्ठिमा वोल्दै उहाँले भरतपुर प्रचुर सम्भाबना भएको महानगर भएकाले यसलाई विकासको नयाँ मोडेलमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले नवलपुर र मकवानपुरलाई समेटेर एकिकृत रुपमा विकास गरिने जानकारी दिनुभयो । प्रचण्डले नारायणी र राप्तीमा तटबन्ध सहितको रिङ रोड र स्काई रेलको परिकल्पना गरिएको भन्दै यसलाई छिट्टै सार्थकता दिने बताउनुभयो । ठोरी केरुङ सडक निमार्णका लागि सुरुङ मार्ग वनाउने वारे पनि छलफल भईरहेको प्रचण्डले स्पष्ट पार्नुभयो ।

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم