जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ बजारका दुई वटा कस्मेटिक पसल शिल गरेको छ । अनुगमनमा निस्किएको कस्मेटिक उत्पादक कम्पनिका प्रतिनिधि सहितको जिल्ला अनुगमन समितिले अनुगमनका क्रममा नक्कली सामान बिक्री गर्ने गरेको भेटिएपछि पसल शिल गरेको हो ।
अनुगमन समितिले पुतलीबजारमा रहेको नरदेबी जनरल स्टोर्स र कमलनगर मैयादेबी मार्गमा रहेको न्यू मन्जरी जनरल स्टोर्स बन्द गराएको हो ।

नक्कली सामान बिक्री गरी उपभोक्तामाथी ठगी गर्नेहरु माथी कडा कारबाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो । अधिकांश कस्मेटिक पसलहरुले नक्कली सामान बिक्री गर्ने गरेको गुनासोहरु आएको बताउदै उहाँले बजारका सबै पसलहरुमा अनुगमन गरि दोषी देखिएमा कडा भन्दा कडा कारबाहि गर्ने चेतावनी दिनुभयो ।
إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |