नारायणगढ मुग्लिन सडकखण्डमा निर्वाध रुपमा आवतजावत हुन थालेपछि यसको असर भरतपुर विमानस्थलमा देखिन थालेको छ । जेठ २५ गतेदेखि नारायणगढ मुग्लिन सडक दिउँसोमा समेत निर्वाध रुपमा सञ्चालनमा आएपछि उड्ने भन्दा गुड्ने यात्रु बढ्न थालेका छन् ।
अहिले विमान कम्पनीहरुले उडानसेवा नै कटौती गरेका छन् । पहिले दैनिक १४ वटासम्म हुने उडान अहिले ८ वटामा झरेको छ ।भरतपुरबाट बुद्ध, यति र सिमि्रक एयरले सेवा दिँदै आएका छन् । बुद्ध एयरले दैनिक २ उडान भरतपुर-पोखरा गर्दै आएको छ । विगत ३ बर्षको अवधिमा हवाई यात्रुको संख्या चार गुणाले बढेको थियो ।

إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |