भरतपुर देखि बकुल्हर अस्पतालका मेसु कोरोना संक्रमित

चितवनमा पनि कोरोना महामारीले ठुलो रुप लिईसकेको छ | लगातार अस्पतालका मेसु (मेडिकल सुपर इन्टेनडेन्ट ) हरुमा कोरोना संक्रमण देखिनुले स्वास्थ्य क्षेत्रको अवस्था जोखिमयुक्त रहेको देखिन्छ |



चितवनकै ठुलो सरकारी अस्पतालको रुपमा चर्चित भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारी र अन्य ३ जना चिकित्षक संक्रमित हुनुले पनि त्यहा उपचार गर्न जाने बिरामीहरुमा कोरोनाको संक्रमित देखिने उच्च सम्भावना रहेको  छ |


कोरोनाकै कारण २९ गते साँझ ८ बजेबाट बन्द रहेको आकस्मिक सेवा हिजो राति देखि फेरी सन्चालनमा आएको छ | हिजो सम्मको भरतपुर अस्पताल कोभिड -१९ प्रयोगशालामा गरिएको ४७४ नमुना मध्य २८ वटा नमुनामा संक्रमण पुस्टि भएको छ भने बाकीं ४४६ वटा नमुनाहरुको नतिजा नेगेटिभ आएको थियो | 

संक्रमित डा. तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बसेका छन् भने कसरि संक्रमित भए भन्ने एकिन पत्ता लागिनसकेको पनि बताए |


त्यसरीनै बकुल्हर अस्पतालका मेसु डा. बिश्व बन्धु बगाले र उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएपछि उनि परिवार सहित चाबी लगाएर घरमै आइसोलेसनमा बसेका छन् | डा. बगालेको घरस्थित भरतपुर वडा नं ४ का अध्यक्ष सहितको टोलि आएर "कोरोना संक्रमितको घर" भनेर ब्यानर टास्न खोजेको पनि डा/ बगालेले बताए | यसरी अग्रपंक्तिमा रहेर दिनरात खटिएका चिकित्षकहरुलाई कोरोना संक्रमित भनेर हतोत्साहि गर्ने काम निन्दनीय छ |



Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم