यस महामारीको समयमा रगतको कुनै अभाब नहोस भनेर लायन्स क्लब अफ काठमाडौं आरम्भ देउरालि र सम्पुर्ण लियो क्लब अफ काठमाडौंको संयुक्त प्रयासमा काठमाडौंको बसुन्धारा स्थित दियालो फुड ल्यान्ड एण्ड पार्टी प्यालेस शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न लायन्स तथा लियो क्लबका सदस्यहरुको निमन्त्रणामा सम्पन्न उक्त कार्यक्रममा सय भन्दा धेरै जनाको उपस्थिति रहेको थियो ।

भब्य रुपमा संचालित उक्त कार्यक्रममा लियो जिल्ला परिषदका लियो बर्ष २०१९/२० का चिफ रिजन कोडिनेटर लियो प्रकाश थापा क्षेत्री, रिजन को-अर्डिनेटर लियो योगेश गौतम र कार्यक्रमका सचिब लियो बिक्रम पौडेलले समेत आफ्नो मन्तब्य राखेर कार्यक्रम समापन गरेका थियो ।

कार्यक्रममा ८७ पिन्ट रगत संकलन गरिएको थियो र संकलित सबै रगत ज्ञानेश्वरमा रहेको हिमाल ब्लड ब्यांक तथा ट्रान्सफ्युजन सेन्टरलाई हस्तान्तरण गरिएको संयोजक लियो सन्तोष ढकालले जानकारी दिए |
Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |