बार्सिलोनाको लज्जास्पद हार बायर्न संग ८ - २ अन्तरको हार


जर्मन क्लब बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। स्पेनिस क्लब बार्सिलोनालाई ८–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै बायर्न सेमिफाइनलमा पुगेको हो।

पोर्चुगलमा भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोना बायर्नसामु सुरुवातमै दबाबमा आएको थियो।

खेलको चौथो मिनेटमा नै मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। तर यो अग्रता लामो समयसम्म टिक्न सकेन। बायर्नका डविड एलबाले खेलको सातौं मिनेटमा आफ्नै पोष्टमा गोल गर्न पुगेपछि बार्सिलोनाले बायर्नविरुद्ध १–१ गोलको बराबरी बनाएको थियो।

खेलको २१औं मिनेटमा पेरिसिकले गोल गर्दै बायर्नलाई २–१ गोलको अग्रता दिलाए। २७ औं मिनेटमा गिनाब्रीले गोल गर्दै बायर्नलाई ३–१ गोलको अग्रतामा पुर्‍याए। ३१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै ४–१ गोलको अग्रता दिलाए।

पहिलो हाफमा ४–१ गोलको अग्रता बनाएको बायर्नले दोस्रो हाफमा पनि थप ४ गोल गर्दा एक गोल खान पुगेको थियो। खेलको ५७औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–२ गोलको स्थितिमा ल्याए। तर खेलको ६३औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई ५–२ गोलको अग्रता दिलाए।

एकपछि अर्को गोल गर्ने क्रममा लेवान्डोस्कीले फिलिपे कौटिन्होको पासमा ८२ औं मिनेटमा गोल गर्दै बायर्नलाई ६–२ गोलको फराकिलो अग्रता दिलाए। यो गोलसँगै लेवान्डोस्कीले यो सिजनमा च्याम्पियन्स लिगमा १४ गोल पूरा गरे। खेलको ७५औं मिनेटमा गिनाब्रीको स्थानमा फिलिपे कौटिन्हो मैदान प्रवेश गरेका थिए। उनै कौटिन्होले ८५औं र ८९औं मिनेटमा दुई गोल गर्दै बायर्नलाई बार्सिलोनाविरुद्ध ८–२ गोलको फराकिलो जित दिलाए।

बार्सिलोनाका कौटिन्हो २०१९ देखि लोनमा बायर्नबाट खेलिरहेका छन्। कौटिन्होले आफ्नै पूर्व क्लबविरुद्ध दुई गोल गर्न सफल भए। 

बार्सिलोनाका कप्तान लियोनल मेस्सीमाथि निकै आश गरिएपनि दुई सर्टबाट उनले बायर्नको पोस्टमा राम्रो प्रहार गर्न सकेनन्।

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post