राष्ट्रकवि माधब प्रसाद घिमिरेको सम्झनामा कविता वाचन प्रतियोगिता गर्दै लियो क्लब अफ भरतपुर युथ

केहि दिन अगाडि मात्र हामी माझबाट अस्ताउनु भएका हाम्रा स्वर्गीय राष्ट्रकवि माधब प्रसाद धिमिरे ज्युको सम्झनामा लियो क्लब अफ भरतपुर युथले कबिता बाचन प्रतियोगिता आयाेजना गर्न गहिरहेको छ।

Image may contain: ‎1 person, ‎text that says '‎Club Id: 129676 رح श्रद्धांजली।। Estd: 2016 STOP COVID-19 The International Association fLions Clubs Lions Clubs International MD-325h Leo District Council-32 'B2' Nepal 2020/21 स्वर्गीय राष्टकवि माधवप्रसाद घिमिरे ज्य_का सम्मभनाको स्वरुप खुल्ला बाचन बुभाउने अन्तिम मिति: कविता वाचन प्रतियोगिता गते सोमबार सम्मा नतिजा प्रकाशन हुने मिति: २०७७ २७ गते शनिबार ४:०૦ बजे| PRIZE 1st:- 2500 2nd:- 1500 On: f Tittle Sponser: Mr. Prakash Lamichhane Branch Head Surya Life Insurance Limited Chitwan Branch 1 MORE Surya Life INSURANCE ORGANIZED BY; Leo Club of Bharatpur Youth SPONSORED CLUB; Lions Club of Bharatpur Youth WE FOR CHANGE‎'‎‎

बिश्वभर फैलिएको कोभिड माहामारिका कारण भर्चुअल मध्यमद्वारा आयोजना गर्न लगिएको यस प्रतियोगितामा कुनै प्रवेश शुल्क लाग्ने छैन र खुल्ला प्रतियाेगिता भएकाे हुँदा नेपालभरि सबै ठाउँबाट भाग लिन पाईने छ। 

यस प्रतियोगितामा प्रतिस्पर्धीले शिर्षक पनि खुल्ला रुपमा छनौट गर्न सक्नुहुनेछ तर कबितामा बिसुद्ध रुपमा नेपाली भाषाको प्रयोग गरि राष्ट्र र राष्ट्रियता सम्बन्धि भाव अनिवार्य रुपमा समेटिएको हुनु पर्ने छ। यसैगरी कवितामा राष्ट्र र राष्ट्रियता सम्बन्धि आक्षेप लगाउने खालको कुनै पनि शब्दहरु प्रयोग गर्न पाइने छैन। 

प्रथम पुरस्कार रु. २५०० र द्वितीय पुरस्कार रु. १५०० रहेकोे उक्त प्रतियोगितामा प्रतिस्पर्धीको प्रस्तुति अनुसार 30% दर्शकको ( लाइक -१अंक , सेयर-२ अंक) र 70% निर्णायक मण्डलले दिएको अङ्कको आधारमा बिजेताको घोषणा गरिनेछ र सबै सहभागीलाई प्रमाणपत्र बितरण गरिनेछ। 

यस प्रतियाेगितामा भाग लिन ईच्छुक ब्यक्तिले आफ्नो नाम, ठेगना र सम्पर्क नम्बर सहित अनुहार देखिनेगरि कविता बाचन गरेर रेकर्ड गरिएको स्पष्ट भिडियो lcbharatpuryouth@gmail.com मा पठाएर आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ। भिडियो बढिमा ८ मिनेटको हुनुपर्नेछ र भिडियो यसै लियाे क्लब अफ भरतपुर युथको फेसबुक पेजमा प्रकाशन हुनेछ ।

बिबेक पौडेल द्वारा प्रकाशित 

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post