रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तरगत आज (शनिबार) पनि तीन खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा समूह ‘जी’ मा रहेको बेल्जियम र ट्युनेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुईबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।
यस्तै आज राती ८ः४५ बजे समूह ‘एफ’मा रहेका एशियाली राष्ट्र दक्षिण कोरिया र मेक्सिकोबीच प्रतिस्पर्धा हुँदैछ । आजको अन्तिम खेलमा राती ११ः४५ बजे समूह ‘एफ’मै रहेका साविक विजेता जर्मनी र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ ।
Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |