नारायणगढ-मुग्लिन सडक खण्डमा चेकजाँचमा कडाई, डेढ सय भन्दा बढि सवारी कारवाहीमा


नारायणगढ__मुग्लिन सडक खण्डमा पछिल्लो केहि दिनयता बढ्दै गईरहेको सवारी दुर्घटना र क्षतीलाई न्यूनिकरण गर्ने उद्देश्यले चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँले चेकजाँचको क्रममा पहिलो एक सातामा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ८५ सवारीलाई कारवाही गरिएको जानकारी दिनुभयो ।

यस्तै स्वीकृती नलिई सिट थप गरेका ५५ वटा सवारीलाई कारवाही गरी थप गरिएका सिट र मुडाहरु समेत जफत गरिएको उहाँले बताउनुभयो । प्रहरीले त्यति मात्र नभई तीव्र गतिमा सवारी चलाउनेलाई समेत कारवाही गर्ने क्रमलाई तिव्रता दिएको छ । एक सातामा तीव्र गतिमा चलाउने १० वटा सवारी साधन समेत कारवाहीमा परेका छन् ।

तीव्र गतिमा चलाउनेमा सबै भन्दा बढि बोलेरो, नीजि कारहरु र माईक्रो बस रहेको ट्राफिक प्रमुख गौतमले बताउनुभयो । ट्रासिफक प्रहरीले दैनिक रुपमा राडर गन र ब्रेथलाईजरको प्रयोग गरी चेकजाँचलाई तिव्र पारि रहेको छ ।

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post