चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खसेको छ । दुर्घटनामा एक बच्चासहित तीनजनाको मृत्यु भएको छ भने दर्जनबढि घाइते भएका छन् । काठमाडौबाट पोेखराजांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुलीमा खसेको हो ।
सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसंग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते १८ जनालाई उद्धार गरि उपचारका लागि भरतपुर ल्याइएको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो । बस सडकबाट एकसय मिटर तल खसेको उहाँले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |