डाक्टर गोविन्द केसी सरकार बिच २२ बुंदे सहमति

प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएसँगै उनले बिहिबार राती नै अनसन तोडेका छन् । 
समझदारीअनुसार  १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै  चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्नेलगायतका बुँदा रहेका छन् । 
केसी २७ दिनदेखि आमरण अनसनमा रहेका थिए ।  अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयुमा भर्ना गरिएको छ । आज दिनभर केसीको माग बारे सहमति जुटाउन वार्ता भएको थियो । पहिला सरकारी वार्ता टोली र केसी पक्षीय वार्ता टोलीबीच वार्ता भएकोमा त्यसबाट सहमति जुट्न नसकेपछि बिहिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रम केपी शर्मा ओलीकै उपस्थितिमा भएको वार्ताले सहमति जुटाएको हो ।  

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post