तीनदिनसम्म लगातार वर्षा हुने, सावधानी अपनाउन मौसमविद्को आग्रह . .

चितवन., असार २५ – अबको तीन दिन लगातार झरी पर्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिन सम्म सामान्यदेखि ठूलो वर्षाको सम्भावना रहेको छ । अन्य ठाउँको तुलनामा सोमबार र मंगलबार पूर्व र पश्चिमका क्षेत्रमा ठूलो वर्षाको अनुमान गरिएको छ ।
महाशाखाका अनुसार, सोमबार देशभर बदलीको सम्भावना छ । अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ भने पूर्व र पश्चिमका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाको भनाइ छ ।
मंगलबार दिउँसो सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने मौसमविद्को भनाई छ । सोमबार जस्तै मंगलबार पनि देशका पूर्व र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post