सुशील पौडेल :
भरतपुर । आरम्भ फाउन्डेसन चितवन च्याप्टरले अन्तरकलेज हाजिरीजवाफ प्रतियोगितामा आयोजना गरेको छ ।
मंगलबार भरतपुरस्थित प्रेसिडेन्सी कलेजमा भएको प्रतियोगितामा क्रमश : गुरुकुल कलेज प्रथम , सनराइज स्कुल द्वितीय र एसओएस बालग्राम तृतीय भएका छन् र तीनैवटा समूहले क्रमशः १२ हजार, ८ हजार र ५ हजार रूपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा १२ ओटा कलेजले सहभागिता जनाएका थिए जसमध्ये ६ वटा कलेजले अन्तिममा प्रतिस्पर्धा गरका थिए |
चितवनमा गत वर्ष स्थापना भएको फाउन्डेसनले हालसम्म सामाजिक कल्याण, बालकल्याण तथा युवा सशक्तीकरणको क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाका अधक्ष्य सुदिप भट्टराईले जानकारी गराए |


Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |