लिओ क्लवद्वारा बृहत निशुल्क स्वास्थ्य शिबिरको आयोजना

सुशील पौडेल
भरतपुर

लिओ क्लब अफ भरतपुर युथले बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ | क्लबले सप्तगण्डकी हस्पिटलको प्राबिधिक सहयोगमा र लायन्स क्लब अफ चितवन फुलबारी र भरतपुर युथको आर्थिक सहयोगमा भरतपुर महानगरपालिका जितपुर २८ स्थित सरस्वती माविको प्रांगणमा शिविरको आयोजना गरेको थियो |

उक्त शिविरमा नाक, कान, घांटी, स्त्री तथा प्रसुतिरोग, हार्डजोर्नी तथा नशारोग, मधुमेह, उच्च रक्तचाप, थाईराइड रोगहरुको उपचार गरिएको थियो |

कार्यक्रम स्वास्थ्य जनचेतनाको लागि पनि गरिएको र उक्त शिविरबाट लगभग ३०० जना लावान्वित भएको कार्यक्रमका संयोजक लिओ बिकाश सापकोटाले जानकारी दिए | कार्यक्रम भब्यताका साथ सम्पन्न गराउनका लागि लायन्स जिल्ला ३२५ B2 नेपालका जोन चेयेरपर्सन लायन सुरज पाठकले शुभकामना व्यक्त गर्नुभएको थियो |      



यस स्वास्थ्य शिबिर कार्यक्रममा उक्त वडाका अध्यक्ष आश बाहादुर कुमाल प्रमुख अथितिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता क्लबका प्रेसिडेन्ट लिओ महेन्द्र सिग्देल गर्नुभएको थियो | लिओ क्लब अफ भरतपुर युथले यस्ता किसिमका कार्यक्रमहरु गर्दै आएको र समाज प्रतिको उत्तरदायी भूमिका निर्बाह गर्दै आएको कार्यक्रम संयोजक सापकोटाले जानकारी दिए |

लिओ क्लब बिसुद्ध सामाजिक संस्था हो जसलाई लायन्स क्लबले प्रायोजन गरेको हुन्छ |


Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post