आज देशभरिकै मौसम बदली हुने,मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

सुशील पौडेल 
चितवन चैत १६ 

चितवन सहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली पश्चिममा कमजोर हुँदै गएकाले आज पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । तर काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रको मौसम भने सामान्यतया बदली भई दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने उहाँको अनुमान छ ।

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post