सुशील पौडेल, भरतपुर
रिलिभ फर्मास्युटिकलस् प्रा.लि भरतपुरले बारा जिल्लामा असिना पानीसहित आएको विनासकारी हावाहुरीवाट प्रभावित समुदायलाई राहत सामग्री वितरण गरेको छ I संरक्षण नेपाल बाराको समन्यवतामा प्रभावित मध्येका सुवर्ण गाउँपालिका वडा नं ४(हर्दिया), वडा नं ८ (परशुराम) र महागड़ीमाई नगरपालिका वडा नं ७(तेलगाई) का प्रत्यक्ष प्रभावित समुदायको ३० घरधुरी लाई वडा कार्यलयबाट प्राप्त नाम सुचीको आधारमा औसधि तथा किचेन सेट सामाग्री वितरण गरेको छ I
राहत सामाग्री वितरण कार्यक्रममा बोल्दै रिलिभ फर्मास्युटिकलस् प्रा.लि का अध्यक्ष श्री सुदिप राज सुबेदी ले यस विपदको घडीमा सम्पूर्ण नेपाली समुदाय एकजुट भई सहयोगी हातहरु बढाउन आवश्यक रहेको बताउनुभयो I

















Great job, sudeep
ReplyDeletePost a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |