लियो जिल्ला परिषद ३२५ बि १ ले आज अन्तरराष्ट्रिय लियो दिवशको अवसरमा चाबाहिल स्थित शान्ती स्तुपामा विश्व शान्ती

लियो जिल्ला परिषद ३२५ बि १ ले आज अन्तरराष्ट्रिय लियो दिवसको अवसरमा चाबाहिल स्थित शान्ती स्तुपामा विश्व शान्तीको निम्ती दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ |


कार्यक्रमको संयोजन  लियो डेनिश के सि तथा लियो सन्दिप बानियाँले गर्नु भएको थियो । नेपाल भ्रमण २०२० को प्रोमोसनको निम्ती पनि फेश पेन्टिङको पनि ब्यबस्था  गरिएको थियो । लियो सप्ता अन्तर्गत अब भोली माछापोखरी स्थित लियो कल्ब अफ एभरेष्ट सन्साइनको सभा हलमा  "कफी संगै  साङ्तिक प्रस्तुती " कार्यक्रम १० वटा लियो क्लबको संयुक्त संयोजनमा हुँदैछ ।



साथै उक्त कार्यक्रममा मोफसलबाट पनि लियो साथीहरुको बाक्लो उपस्थिति रहेको थियो | साथै आजकै दिन रिजन को-अर्डिनेटर लियो योगेश गौतमको जन्मदिन परेको हुनाले केक काटेर सम्पूर्ण लियो सदस्यहरुले खुसियाली साटासाट गरेका थिए |    

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post