लियो द्वारा आन्तरिक पर्यटन बर्षको सुरुवात पर्बतको कार्कीनेटाबाट पन्चासे हुदै पोखरामा सम्पन्न

भ्रमण बर्ष २०२० को सुरुवात  फलेवास नगरपालिका १ कार्किनेटाबाट भब्य रुपमा शुभारम्भ भएको छ । लायन्स क्लब अन्तर्गतको स्वयंसेवी संस्था लियो क्लबका अध्यक्ष बिनायक पौडेल सहित २५ जनाको टोलि फलेवास नगरपालिका १ को कार्किनेटा प्रवेश गरेसङ्गै कार्किनेटा बासिले आगन्तुक पाहुनालाई बाजागाजा भजन सहित स्वागत गरेका थिए ।
पर्यटकको टोलिले फलेवास नगरपालिका भित्रका विभिन्न पर्यटकीय तथा सास्कृतिक स्थलको अवलोकन तथा भ्रमण गरेका छन । आन्तरिक भ्रमणमा आएको टोलिलाइ स्वागत गर्दै फलेवास नगरपालिका का प्रमुख पदमपाणी शर्माले फलेवासमा भएका धार्मिक तथा पर्यटकीय स्थलहरु डहरेको लेक, मनमोहन शान्ति बाटिका, डहरेमै रहेको ओपन जु लगायतको बारेमा जानकारी दिदै सो स्थलहरुको अवलकन गर्न आग्रह गर्नुभएको छ । त्यस्तै लियो क्लबका अध्यक्ष बिनायक पौडेलले फलेवासका पर्यटकीय स्थलको प्रचारप्रसारमा लियो क्लबले भुमिका खेल्ने बताउनुृभयो ।

पोखराबाट आएको लियो को टोलिले कार्कीनेटामा  स्वास्थ शिबिरको समेत आयोजना गरेको थियो । सामाजिक कार्यमा क्रियाशिल लियो क्लबले ग्रामिण भेगका जनताको स्वास्थको पहुचलाइ ध्यानमा राख्दै शिबिरको आयोजना गरेको पौडेलले जानकारी दिनुभयो । शिविरमा होल बडी चेकजाच, हाडजोर्नी तथा दन्त सेवासंगै स्वास्थ सम्बन्धी परामर्श दिइएको थियो। एक दिने स्वास्थ शिविरमा झन्सेडै १२५ जना स्थानियले स्वास्थ सेवा लिएका थिए ।

मेघा स्वास्थ्य शिबिर सक्किएपछी लियोका सदस्यहरु महाशिबरात्री मनाउनको लागि पन्चासे सम्म पैदल यात्रामा निस्किएका थिए |
तिन दिन सम्म चलेको "इम्पावर लियो युथ क्याम्प २०२०" को कार्यक्रम पन्चासे भन्ज्यांग बाट घाट्छिना सम्म हाइकिन्ग गरेर पोखराको त्रिसक्ति पार्टी प्यालेसमा आएर कार्यक्रम सम्पन्न भएको थियो
|   

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post