भरतपुर सम्बाददाता |
नेपाल बिद्युत प्राधिकरणको भरतपुर र चनौली शाखाले दैनिक रुपमा २ देखि ३ घण्टा बिद्युत काट्दै आएको छ | लामो समयदेखीको लोडसेडिङ समास्यालाई अन्त्य गर्दै जनताको माया र साथ पाएका कुलमान घिसिंगले कुनै समस्या बिना बिद्युत सेवा प्रदान गर्दै आएका थिए |
पछिल्लो केहि बर्षमा चौबिसै घण्टा बिद्युत प्रबाह गर्दै आएको प्राधिकरणले अचानक दैनिक रुपमा २/३ घण्टा लोडसेडिङ गरिरहेको छ | लामो समयदेखि भरतपुर २० मा मिल व्यवसाय संन्चालन गर्दै आएका एक व्यवसायीले अचानक रुपमा दैनिक बिद्युत काट्ने गरेकोले ब्यापार ब्यबसायमा असर गरेको गुनासो गरेका छन् | लाइन कतिखेर जान्छ कि आउंछ भन्ने टुंगो नभएकोले झन् समस्या परेको पनि बताए |
साथै प्राधिकरणका भरतपुर र चनौली शाखामा सम्पर्क गर्न खोज्दा पनि कार्यालयको फोनको तार सम्पर्क बिहिन हुने गुनासो पनि ब्यवसायीको छ जसले गर्दा के समस्याले बिद्युत प्रवाहमा अफ्ठ्यारो भएको जानकारी पाउन पनि गाह्रो भएको छ |
नेपाल बिद्युत प्राधिकरणको भरतपुर शाखाबाट कुनै पनि पूर्व-सुचना बिना बिद्युत कटौती भएको हुनाले पनि यकिन तथ्य पत्ता लगाउन सकिएको छैन |

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |