जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा एक हप्ताका लागि फेरिपनि निषेधाज्ञा थप गरेको छ ।
यसै अनुसार ५ गते राति १२ बजे सम्म हुने भनिएको निषेधाज्ञा १२ गते राति १२ बजे सम्म थपिएको छ |
जिल्लामा कोरोना संक्रमण वढ्दै जाँदा साउन ३० गते मध्यरात देखि भरतपुर महानगरपालिका र जिल्लाका अन्य पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो ।
स्थानीय तहको सिफारीसमा गरिएको निषेधाज्ञा आज मध्यराती सकिदै छ । निषेधाज्ञाको समय सकिन लाग्दा एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभयो ।
भरतपुर महानगर संगै रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |