कोरोना संक्रमितको संख्या बढ्दै जाँदा भरतपुर महानगरपालिका अन्तर्गत पर्ने कार्यलयमा काम गर्ने स्वीपर, बनपाले देखि लेखा अधिकृत सम्मलाई जोखिम भत्ता बाडेको छ ।
अषार २८ गतेको उक्त पत्रमा उल्लेख भए अनुसार माछापुछ्रे बैंकमा संक्रमण रोकथाम बिषयमा एक्काइस लाख त्रियानब्बे हजार सात सय चौरानब्बे रुपैयाँ बत्तीस पैसा जम्मा गरिएको र सम्पूर्ण कर्मचारीहरुको विवरण बाहिरिएको छ ।
फ्रन्टलाइन मा रहेर काम गर्ने क्रममा स्वास्थ्य तथा सुरक्षाकर्मीहरुले प्रोत्साहान स्वरुप केहि नपाएको खण्डमा यसले नकारात्मक सन्देश दिएको छ ।
कोरोना अस्पतालमा दिनरात नभनी खटिएर काम गरेका स्वास्थ्य कर्मचारीहरुको कुनै प्रोत्सहान भत्ता नभएको खण्डमा महानगरपालिकामा काम गर्ने कर्मचारीलाई यसरी मनपर्दो हिसाबमा भत्ता दिनुले पनि महानगर विवादित बन्न पुगेको छ ।
प्रस्तुत बिषयमा महानगरपालिकाको आधिकारिक धारणा भने आएको छैन ।
तस्बिर: हरि आचार्यको फेसबुकबाट




Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |