नेपाल रेडक्रस सोसाईटी चितवनसंगको सहकार्यमा एनआर एन एले घुम्ती रगत बस संचालनमा ल्याउने

एनआरएनको घुम्ती रगत बस परियोजना बारे गैरआवासीय नेपाली संघले नेपाल रेडक्रस सोसईटी चितवनसंग सहकार्य गरि मौसम प्रतिकुलताको बेलामा पनि रगत संकलन गर्नको लागि “घुम्ती रगत बस परियोजना” 
(Mobile Blood Bus Project) संचालन गर्न लागेको छ । यसले रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन मद्दत गर्ने छ ।

Image may contain: outdoor, text that says 'ARNA NRNA MOBILE BLOOD BANK Exit'

यस परियोजनाको लागि स्वास्थ्य सामाग्री सहितको बस बनाउनको लागि सम्झौता भई सकेको छ । यही अक्टोबरमा क्षेत्रीय रक्तसंचार सेवा भरतपुरलाई हस्तानतरण हुने छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा रहेको यस परियोजनामा सबै गैरआवासीय नेपालीहरुलाई सहयोग गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछौ ।


नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रिय रक्तसंचार सेवा चितवनले स्थापना काल देखि नै बिरामीहरुलाई सेवा पुर्याउदै आएको छ । नेपालमा एक उपचार केन्द्रको रुपमा स्थापित चितवनमा विभिन्न खालका बिरामीहरुलाई रगत उप्लब्ध गराई सेवा दिने कार्य क्षेत्रिय रक्तसंचार सेवा चितवनले गरेको छ । हाल, रगतको मांग बढे पनि आपूर्ति बढेको छैन । धेरै गर्मि र धेरै चिसोको बेलामा रक्तदान घट्ने गरेको छ । जसले गर्दा रगत नभई नहुने थालासेमिया, हेमोफिलिया, किड्नी रोगी, हृदय रोग र रक्तक्यान्सर रोगीका लागि झन समस्या हुने र रगत नपाएर काठमाडौँ गई रक्तसंचार सेवा लिनु पर्ने अवस्था छ ।

नेपाल बाहिर रहेर पनि आफ्नो देशप्रतिको जिम्मेवारी पुरा गर्न धेरै गैरआवासीय नेपालीहरुले नेपालमा आर्थिक श्रोत तथा प्राविधिक ज्ञान र शिपको लगानी गरेका छन् । “नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसंचार पद्धति कार्यदल स्थापना गरेको छ । यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसंचार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गरेको छ ।


Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post