लायन्स लियोको हामि छौँ खाना अभियानको दोस्रो दिन सम्पन्न १०५ जना लाभान्वित



लायन्स जिल्ला र लियो जिल्ला परिषद ३२५ वि २ नेपालको संयुक्त आयोजनामा हामि छौँ खाना अभियानको दोस्रो दिन सम्पन्न भएको छ | 

लियो जिल्ला परिषद ३२५ वि २ नेपालको आधिकारिक फेसबुकबाट जानकारी  भए अनुसार खाना अभियानको सुरुवात हिजो पशुपति क्षेत्रबाट १०० जनालाई  खाना गरिएको थियो भने आज पनि कालिमाटी र पशुपति एरियामानै केहि दिनदेखि खान नपाएको जानकारी पाएपछि उक्त टोलि त्यहाँ पुगेर १०५ जनालाई खाना खुवाएको छ । कार्यक्रम आयोजकको जानकारी अनुसार यो मिलेर बाँच्ने बेला हो, यो एकलाई अफ्ट्यारो पर्दा- हामी छौ नी भन्ने बेला हो । हामी आज बाट खानाको अभाव भएका ब्यक्तिहरुको लागी नियमित खाना अभियान सुरु गर्दैछौ । 

लक्डाउनको अबधिभर खाना ख्वाउने योजना रहेकोले चौतर्फी रुपमा पनि आर्थिक सहयोग प्राप्त भैरहेको छ |

 
Image may contain: 2 people, shoes, text that says 'The International Association of Lions Clubs (Lions Clubs International) District 325 Nepal L.Y. 2020/21 LIONS MIERMATONAL WE FOR CHANGE "हामी छौ" खाना अभियान (काठमाडौं) Organized by:- Leo District council 325 B2 Lions District 325 B2 WE SERVE थप जानकारीका लागि: 9843149278, 9843504908 STOP COVID 19'


यो अभियानलाई सहयोग गर्न चाहनुहुन्छ भने उक्त प्रोजेक्टको लागि खाता नं यसप्रकार रहेको छ ।

मेगा बैंक, नेपालगंज शाखा

खाता नं : 0270010058731 (०२७००१००५८७३१)

खातावालाको नाम : Lions Clubs International District 325 B 2

थप जानकारीका लागि :9843149278, 9843504908, 9803198402, 9857085789

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post