बुधबार साँझ एकजना युवाले "एम आर आर " नामक फेसबुक ग्रुपमा एउटा पोस्ट राखे | उनले हामीलाई जानकारी दिए अनुसार सामान्य रुघाखोकीको बिरामीलाई उपचारको निम्ति सिमारा स्थित अल्पाइन अस्पतालमा टाइफाइडको संकेत गरेर सुई लगाएपछि बिरामीलाई गाह्रो भएपछि उक्त ग्रुपका एकजनाको सहयोगमा बिरामीलाई बीरगंजको नारायणी अस्पतालमा उपचारको निम्ति लागिएको थियो | त्यहाँ बिरामीमा कोरोना पजिटिभ देखिएपछि अस्पताल प्रशासनले राम्रो ब्यबस्थापन हुने भन्दै गण्डक अस्पतालमा रिफर गरेछन |
![]() |
| श्रोत : अस्पतालको फेसबुक पेजबाट साभार |
उक्त युवाले दिएको जानकारी अनुसार गण्डक अस्पतालमा बिरामीलाई ६ वटा सुई लाएको खण्डमा बिरामीको सफल उपचार गर्न सकिने जानकारी दिएपछि प्रतिगोटा ३३००० पर्ने सुई ६ वटा एकैचोटी किन्न लगाएको कुरा पनि व्यक्त गरे |
![]() |
| प्रतिगोटा ३३००० पर्ने सुई |
त्यसपछि सुरु हुन्छ अस्पताल प्रशासनको लापरबाही जसमा बिरामीलाई चाइने अक्सिजनको पनि राम्रो व्यबस्था नभएको गुनासो पोख्चन ति युवा | महँगो मूल्य तिरेर किनेको सुई बुझाएपछि त्यहाँ बिरामी कुरुवालाई पनि बस्न नदिएको जानकारी दिए र तिन वटा प्रयोग गरिसकेपछि बिरामीको वास्ता नगरेको गुनासो पनि पोखे |
बिरामीलाई यस्तो लापरबाहीदेखेर उनुहरु डराएर काठमान्डौ जाने क्रममा बिरामीको निधन भएको र यसको लागि गण्डक अस्पतालनै उक्त घटनाको जिम्मेवार रहेको पनि जानकारी गराए |
यसरी बिरामीको लापरबाही गर्ने अस्पताललाइ कारबाही कसले गर्ने अहिले यो प्रश्न सबैले मनन गर्नुपर्ने बेला आएको छ |


Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |