रास्ट्रिय झन्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई पक्राउ

पछिल्लो समय एकाएक रास्ट्रिय झन्डा जलाएर बनाइएको म्युजिक भिडियो सार्बजनिक भएको थियो | उक्त भिडियो सामाजिक संजालमा नकारात्मक किसिमले भाइरलनै भएको थियो |



चारै तर्फ बाट आलोचना र देशद्रोही भन्दै धेरैको गुनासो आएपछि नेपाल प्रहरीले पनि अनुसन्धान अगाडी बढाएको थियो | मकवानपुरमा एउटा बिद्यालयमा खिचिएको भनिएको उक्त भिडियोको माध्यमबाट उक्त भिडियोका क्यामेराम्यान काठमान्डौ बाट हिजोनै पक्राउ परेका थिए |

निरन्तरको खोजिबाट नेपाल प्रहरीले रास्ट्रिय झन्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई पक्राउ गरेको जानकारी दिएको छ |

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post