लगातार दैनिक रुपमा २/३ जनाको मृत्यु भैरहेको चितवनमा आजपनि अहिले (मध्यान्ह) सम्म ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ | भरतपुर अस्पताल चितवनले बिज्ञप्ति निकाल्दै तिनजनाको मृत्यु भएको जानकारी दिएको छ |
भरतपुर महानगरपालिका ११ का ६५ बर्षीय पुरुष सहित खैरेनी १३ निवासी ५५ बर्षिय महिला र भ म न पा ११ कि १८ वर्षीय महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ |
अस्पतालको बिज्ञप्तिमा जनाइए अनुसार तिनै जना बिरामीको अस्पताल आउने क्रममा नै श्वासप्रश्वासमा र रगतमा अक्सिजनको मात्रा कम रहेकोले तिनै जनालाई तत्कालनै ICU VENTILATOR मा राख्नुपर्ने भएकोले र अस्पतालमा ICU बेड र Ventilator नभएकोले मृत्यु भएको पनि जनाएको छ |
अस्पतालमा रिफर गर्नको पूर्ण रुपमा समन्वय गर्न गराउन पनि निजि अस्प्ताल्हारुलाई अनुरोध गरेको छ |

त्येसैगरी चितवन मेडिकल कलेज (सीएमसी) हस्पिटलमा पनि आजनै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको विहान २ः५२ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ |
यसरी दिनप्रतिदिन मानिसहरुको मृत्यु भएकाले निकट भविस्यमै यसले बिकराल रुप लिन सक्ने जानकारहरु बताउँछन् |

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |