नेपाल आयल निगमले पेट्रोलको मूल्य दुई रुपियाँ प्रतिलिटरले बढाएको छ | निगमबाट जारि गरिएको प्रेस बिज्ञप्तिमा इन्डियन आयल कर्पोरेशनबाट सेप्टेम्बर १ गते बाट खरिद मुल्यमा केहि हेरफेर भएकोले आज राती १२ बजे देखिनै लागु हुनेगरी साबिकको मूल्य भन्दा दुइ रुपैयाँ बढी ११७ कायम हुने कुरा पनि उल्लेख गरेका छन् |
पेट्रोलको मुल्य बढेतापनि अन्य पदार्थ जस्तै डिजेल, मट्टीतेल तथा हवाई इन्धन र एलपी ग्यासको मुल्य भने यथावत रहेको कुरा पनि बिज्ञप्तिमा जनाइएको छ |

केहि मूल्य वृद्धि भएपनि भारतीय सिमा रक्सौलसंग जोडिएको नेपालको बिरगंज क्षेत्रमा भने पेट्रोल प्रति लिटर रु ३२.२६ र डिजेलमा प्रति लिटर रु ३६.७५ ले नेपाल तर्फ सस्तो रहेको पनि बिज्ञप्तिमा बताइएको छ |
Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |