बेल्जियमले ब्राजिललार्इ विश्वकपबाट घर फर्कायो

चितवन :  बेल्जियमसँग २–१ ले पराजित हुँदै दाबेदार ब्राजिल रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । 
उपाधि दाबेदार मानिएको ब्राजिल पहिलो हाफमै २ गोल खान पुगेपछि विश्वकपबाट बाहिरिएको हो । दोस्रो हाफमा एक गोल फर्काए पनि विश्वकपमा अगाडि बढ्न ब्राजिलका लागि पर्याप्त भएन । 
बेल्जियमलाई अन्तिम ४ अर्थात् सेमिफाइनलमा लैजाने क्रममा एक गोल ब्राजिलले नै उपहार दियो । बेल्जियमले १३ औँ मिनेटमा पाएको कर्णर किकबाट आएको बलर्ला बेल्जियमकै भिन्सेन्ट कोम्पनीले छोएर अघि बढेको अवस्थामा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले क्लियर गर्न खोज्दा जाली चुमेको थियो । त्यसपछि ब्राजिलविरुद्धको खेलमा बेल्जियमले दोहोरो अग्रता बनायो । खेलको ३१ औँ मिनेटमा केभिन डे ब्र्युनेले उत्कृष्ट गोल गरेपछि बेल्जियमले ब्राजिलविरुद्ध २ गोलको अग्रता बनाएको हो ।  
पहिलो हाफमा दुई शून्यले पछि परेको ब्राजिलले खेलमा फर्किने कोशिश गरेको थियो । खेलको ७६ औँ मिनेटमा फिलिपे कोटिन्होले दिएको उत्कृष्ट हाई भली पासललाई रेनाटो एग्युस्टोले हेडमार्फत गोल गरेपछि ब्राजिलले खेललाई २–१ को अवस्थामा ल्याइ पुर्याएको थियो ।
दोस्रो हाफको सुरुबाटै ब्राजिलले निरन्तर बेल्जियममा दबाब बढाइरहेका बेला ब्राजिलका लागि एग्युएस्टोले गोल गरेका थिए । उसले अहिलेसम्म गोलका लागि १० वटा बढी प्रहार गरेको थिो । 
तर त्यसपछि गोल हुन नसक्दा ब्राजिल २–१ ले पराजित हुँदै  क्वार्टर फाइनलबाटै घर फर्कियो । आजको खेलमा ब्राजिलका नेमार, कोटिन्हो, पाउलिन्हो र मार्सेलो जस्ता स्टार खेलाडीहरुलाई बेल्जियमको डिफेन्सले निरन्तर विफल बनाइदियो । 

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post