कोरोनाको कारण चितवनमा रगतको अत्यधिक अभाव भएको छ | कोरोनाले गर्दा बिरामीहरुको संख्या पहिले भन्दा केहि मात्रामा कम भएतापनि रगतको मागमा भने धेरै कुनै कमि आएको छैन | नेपाल रेडक्रसमा पनि संचित रगत नहुने भएकोले बिरामीले रगतको डिब्बा बोकेर भौतारिदैं हीन्नु परेको छ | झापाबाट उपचारका निम्ति बि पी कोइराला मेमोरियल क्यान्सर अस्पताल आएका एकजना बिरामीले हामीसंग गुनासो पोख्दै भने नयाँ ठाउँ भएकोले कहाँ गएर भन्ने ब्लड ब्यांकमा गयो मान्छे लिएर आउनु भन्छ सहयोग गर्ने कोहि भएनन् भनेर दुखेसो पोखे |
रगत दान गर्नुनै जीवनदान गर्नु हो भन्ने जानकार मानिसहरुलाई थाहा नभएर पनि रक्तदाता नपाइएको हुनसक्छ | त्यसैले हामीले जानाकारीका लागि केहि महत्वपूर्ण कुराहरु लेखेका छौँ | रगत दान गर्नाले तपाईंको भावनात्मक र शारीरिक स्वास्थ्यको लागि फाइदाहरू हुन्छन्।
१. रगत दिंदा सम्भावित स्वास्थ्य समस्याहरू थाहा पाउन सकिन्छ |
यदि तपाइले रेगुलर रुपमा रगत दिने गर्नुहुन्छ भने रगत दिने बेलामा सबै प्रकारका रोगहरु परीक्षण हुन्छ जसले गर्दा तपाईलाई त्यस्तो कुनै रोग छ या छैन भन्ने जानकारी प्राप्त हुन्छ |
२. रगत दिंदा हानिकारक फलामको मात्रा घटाउन सकिन्छ |
३. रक्तदान गर्दा हृदयघातको जोखिमवाट पनि बच्न सकिन्छ |
४. रक्तदानले क्यान्सरको जोखिम हुनबाट पनि बचाउँछ |
५. रेगुलर रक्तदान गर्नाले कलेजो स्वास्थ्य राख्न पनि मद्दत गर्दछ |
६. रक्तदान गर्नाले आफ्नो मानसिक अवस्थालाई सुधार्न पनि मद्दत गर्दछ |
रक्तदान गर्दा रगतमा गरिने परिक्षणहरु यस प्रकार छन् :
१.हेपाटाइटिस बी
२.हेपेटाइटिस सी
३.एचआईभी
४.वेस्ट नाइल भाइरस
५.सिफलिस
६.ट्रिपानोसोमा क्रुजी
रक्तदानको साइड इफेक्ट
रक्तदान स्वस्थ वयस्कहरूको लागि सुरक्षित मानिन्छ । त्यहाँ संक्रामक रोगको कुनै जोखिम छैन किनभने प्रत्येक रक्तदातालाई फरक फरक सामानहरु जस्तै सुइ र ब्लड ब्याग |
रगतदान गरेपछि केही व्यक्तिहरू असुरक्षित, हल्का टाउको दुख्ने वा चक्कर आउन सक्छन। यो बिषयलाइ सामान्य रुपमा लिन सकिन्छ किनभने रगत दिंदा कमजोरी महसुस पनि हुन्छ |
१. चोटपटक।
२. लगातार रक्तस्राव
३. चक्कर, हल्का टाउको, र मतली
४. पीडा
५. शारीरिक कमजोरी
रक्तदान गर्नुभन्दा अगाडी जान्नुपर्ने कुराहरु
१. रक्तदान गर्नको लागि तपाईं कम्तिमा पनि १७ बर्ष पुगेको हुनुपर्ने छ |
२. रक्तदान गर्नका लागि तपाइँ कम्तिमा पनि ४५-५० केजीको हुनुपर्ने छ |
३. रक्तदान गर्नको लागि तपाइले अन्तिम पटक रगत दिएको समय ३ महिना वा सो भन्दा बढी हुनुपर्ने छ |
भरतपुर अस्पताल ब्लड ब्यांकको नं : ०५६-५२०८८०
Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |