चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४२ जना संक्रमित भरतपुर महानगरपालिकाका छन् भने २ जना रत्ननगर नगरपालिकाको क्वारेन्टिनका रहेका छन्।

भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको २१८ नमुना मध्य ४४ जनामा परीक्षणअनुसार भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु ५ देखि ५४ वर्ष उमेर समूहका छन् । भरतपुर महानगरपालिका २, ४, ५, ७, ९, १०, ११, १२, १४, १५ र १६ नम्बर वडामा संक्रमितहरु फेला परेका छन् ।
यसैगरी रत्ननगर नगरपालिकामा ३ जना र खैरेनी नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ । रत्ननगर नगरपालिकाको वडा नं. १, ६ र १३ मा २ महिला तथा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु २४ वर्षदेखि ७१ वर्ष उमेर समूहका छन् ।
यसैगरी खैरेनी नगरपालिका–१ मा २६ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
भरतपुर अस्पतालको कोभिड ल्याबमा गएराति नै गरिएको परीक्षणमा नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका १–१ जनामा कोरोना पुष्टि भएको ल्याब प्रमुख डा. नीतु अधिकारीले बिज्ञप्ति पत्र मार्फत जानकारी दिनुभयो।
Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |