स्पेनिश क्लब बार्सिलोनासंगको २० बर्षे लामो यात्रा टुंग्याउंदै मेस्सी

लियोनेल मेसी दुई दशक पछि स्पेनिश क्लब बार्सिलोना छोड्न चाहेका छन् । उक्त कुरा क्लबले यो मंगलबार एसोसिएटेड प्रेसलाई जानकारी दिएको छ । मेस्सीले १५ फेब्रुअरी २००२ मा बार्सिलोनासँग न्याप्किन पेपरमा १८ बर्ष अगाडी व्यवसायिक करार गरेका थिए । यो करारको अन्त्यसंगै मेस्सी अंग्रेजी क्लब म्यानचेस्टर सिटि या फ्रेन्च क्लब युभेन्टस संग जोडिन सक्ने हल्ला केहि संचारमाध्यममा आएको छ |


बायर्न म्यूनिखसंग पराजय पछिको निर्णय

बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा बायर्न  म्यूनिखबाट ८-२ को भारि अन्तरले पराजित भएको ११ दिन पछि यो घोषणा आएको हो। मेस्सीको करियर र क्लब इतिहासमा यो सबैभन्दा खराब हार हो। मेस्सीले बार्सिलोनाको समयमा विश्वको शीर्ष खेलाडीको रूपमा  "६ ब्यालोन डी ओर" पुरस्कार जितेका थिए र क्लबलाई १० स्पेनिश लिगको उपाधि र चार च्याम्पियन्स लिगको क्राउन जित्न सहयोग गरे।


मेस्सी ७०० गोल गर्ने विश्वको सातौं खेलाडी पनि हुन् -

मेस्सी ३० जूनमा ७०० गोल गर्ने विश्वको सातौं खेलाडी बनेका छन् । यसमा क्लबका लागि ६३० गोल र उसको देश अर्जेन्टिनाका लागि ७० गोलहरू समावेश छन्। सबैभन्दा धेरै ८०५ गोलको रेकर्ड अस्ट्रियाका जोसेफ बिकनको नाममा छ


Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post